Wednesday 7th October 2026

रूपन्देहीमा कार र मोटरसाइकल जुधे, मोटरसाइकलमा सवार २ जनाको मृत्यु


तितोपाटी – रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सैनामैना सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा१६च ८०१६ नम्बरको (हाइलक्स) कार र विपरीत दिशातर्फ जाँदै गरेको से ४ प ७७७५ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नंं ८ बस्ने तिलक सुनार रहेको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । अर्का एक एकजनाको पहिचान खुलेको छैन । कारसमेत सडकबाट तल खसेको छ ।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...