Friday 20th March 2026

नेपालकी पहिलो नायिका भुवन चन्द ‘साइनो’ लिएर अाउँदै


तितोपाटी – दुई दशक अघि निर्माण भएको सुपरहिट फिल्म ‘साइनो’सँग मिल्दोजुल्दो नाम ‘साइनो’ राखेर नयाँ फिल्मको घोषणा गरिएको छ । २०२२ सालमा नेपालमा बनेको पहिलो फिल्म ‘आमा’की नायिका भुवन चन्द थापाले फिल्म निर्माण गर्न लागेकी हुन्। फिल्मकी प्रस्तुतकर्तासमेत रहेकी अभिनेत्री भुवनले लामो समयपछि फिल्म निर्माणको साइत जुरेको बताइन् । ‘पहिला मलाई फिल्म निर्माण गर्ने मन नै थिएन । तर यसपटक आत्मादेखि नै फिल्म निर्माण गर्नुपर्छ भन्ने जोश आयो । यसपटक चाहिँ साइत जुरेको रहेछ,’भुवनले भनिन्,‘हामीले फिल्मको नाम ‘नाता’ वा ‘साइनो’ राख्ने भन्नेमा सहमत थियौं । तर कथा अनुसार ‘साइनो’ उपयुक्र्त ठहरियो ।’

उनले फिल्मको नाम डेनी डेङजोपा अभिनित फिल्मसँग मिल्ने भए पनि यो फिल्म त्यो ‘साइनो’को रिमेक नरहेको बताइन् । रमेश थापाले निर्देशन गर्ने फिल्मको छायांकन सोमबारबाट सुरु हुनेछ । निर्देशक थापाले त्रिकोणात्मक प्रेमकथामा फिल्म निर्माण हुने भएकाले पहिलेको ‘साइनो’सँग अहिलेको ‘साइनो’ नमिल्ने दाबी गरे । ‘अहिलेको कथा त्रिकोणात्मक सामाजिक प्रेमकथा हो ’ उनले भने।

सोमबारबाट छायांकन सुरु हुने फिल्ममा नीता ढुंगाना, मिरुना मगर, राजकुमार, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरूको अभिनय रहनेछ । राजकुमार यही फिल्ममार्फत नायकको रुपमा ‘डेब्यु’ गर्दैछन्।

कार्यक्रममा अभिनेत्री मिरुनाले नेपालकी प्रथम अभिनेत्रीको फिल्ममा आफू आबद्ध हुनु पाउनु खुशीको कुरा रहेको बताउँदै आफूलाई दिएको भूमिकामा न्याय गर्ने बताइन् । भारतमा बस्दै आएका राजकुमारले अभिनय सिकाउन नेपाल आएपनि चरित्र मन परेका कारण ‘साइनो’मा अभिनय गरेको बताए।

शरण थापा कार्यकारी निर्माता रहेको फिल्ममा अभिमन्यू निरबीको लेखन, रामेश्वर कार्कीको छायांकन, वनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र रोशनविक्रम भट्टराईको द्वन्द्व छ । फिल्म काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोकमा छायांकन गरिनेछ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...