Wednesday 7th October 2026

२ थान पेस्तोल सहित तीन जना भारतीय नागरिक पक्राउ


तीतोपाटी- प्रहरीले सुनसरीमा २ थान पेस्तोलसहित तीन जनालाई फरक फरक स्थानबाट पक्राउ गरेको छ ।

सुनसरी कोशी गाँउपालिका–८ भाण्टाबारी चारकुनेस्थित दशगजा क्षेत्रबाट भारत भिमनगर–४ सुपोल बिहार बस्ने २३ वर्षीय रंजितकुमार मुखियालाई चाईनिज पेस्तोल १ थान १ र खाली म्याग्जिन १ थान सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको हो । बिआर ५० एफ ३२०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मुखियालाई पेस्तोलसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी सुनसरी कोशी गाँउपालिका–६ ढट्टा टोलबाट कटुवा पेस्तोल १ थान सहित भारत सुपौल भवानिपुर ग्राम पञ्चायत–७ बस्ने १८ वर्षीय बिबेक यादव र सितापुर ग्राम पञ्चायत–८ बस्ने १७ वर्षीय सुरेशकुमार गोहितलाई पनि शनिबार नै प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको अन टेष्ट लेखेको मोटरसाइकलमा जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार यादव र गोहितलाई प्रहरीले पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...