Sunday 22nd December 2024

एनआरएन मध्यपूर्व संयोजक आरके शर्मा रिहा


तीतोपाटी डटकम-गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र कुमार(आरके)शर्मा रिहा भएका छन्।करिब ४ हप्ता देखी कतारको प्रहरीले नियन्त्रणमा रहेका शर्मा विहीवार रिहा भएको पत्रकार रवि रोशीले जनाए। रोशीले भने”आरके शर्मालाई आज कतार प्रहरीले थुना मुक्त गरेको छ,लामो अनुसन्धान पछि उहाँलाई यहाँको अनुसन्धान विभागले निर्दोष ठहर गरेको छ।”

गैरआवासीय नेपाली संघका अनुसार गत अक्टोवर १८ तारिकमा शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेर पारिवारिक लगायत कसैको पनि पहुँच र प्रत्यक्ष सम्पर्क भन्दा बाहिर राखेको थियो।यसअघि गैरआवासीय नेपाली संघले एक विज्ञप्ति जारी गर्दै शर्माको रिहाईको माग गरेको थियो।कतारमा दशैं अगाडि आयोजना गरिएको एक साँस्कृतिक कार्यक्रमको प्रस्तुतिका विषयलाई लिएर गिरफ्तार भएको र सुरक्षित रहेको त्यहाँको प्रहरीले जनाएको थियो।

आरके शर्मा सहित कार्यक्रमका आयोजक प्रतिष्ठानका उपाध्यक्ष शक्ति क्षेत्री र कलाकारहरु राम बाबु बोहरा,रित कुमार श्रेष्ठ र कृष्ण ढकाललाई त्यहाँको सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो । शर्मा सहित सबै जना रिहा भएका छन्।
-नेपाल ब्रिटेन डटकमबाट साभार


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर अमेरिकाको आशंका बढ्दै गएको छ । पहिलो पटक अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले पाकिस्तानले अमेरिकालाई…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको आयोजना र अल मुजैनी एक्सचेन्ज को मुख्य प्रायोजनमा वाक कला तथा कार्यक्रम आयोजना -…

१ करोड भन्दा बढिको धनराशिसहित जनकपुर बोल्ट्स एनपीएल पहिलो सिजनको च्याम्पियन्स बनेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग…

प्रतिकृयाहरू
...