Thursday 25th September 2025

बाजुरामा जीप दुर्घटना हुँदा १ को मृत्यु, २ गम्भीर घार्इते


तितोपाटी – बाजुराको बूढीगङ्गा नगरपालिकाको–२ बल्देमा आज मार्तडी आउँदै गरेको से१ज ५४३ नं को जीप बल्देमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  दुर्घटनामा अन्य दुर्इ जना गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा त्रिवेणी–४ तोलीका ३५ वर्षीय धनबहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले जानकारी दिए ।

दुर्घटनामा परेका यात्रुमध्ये दुई जनाको अवस्था गम्भीररहेको प्रहरी प्रमुख भाटले बताए । दुर्घटनामा परी गम्भीर घाइतेमध्ये चालकका छोरा २२ वर्षीय नवराज साउँद, ट्रक चालक कुम्भ रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सोही नगरपालिका–१ कुँडीमा भारतबाट आएकालाई पुर्याएर कुँडीबाट मार्तडी आउने क्रममा जीप दुर्घटना भएको हो ।

जीप सडकभन्दा करिब पाँचसय मिटर तल खसेको प्रहरीको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...