Friday 31st July 2026

उदयपुरमा ७ वर्षीया बालिकालार्इ बलात्कार गरेको अारोपमा १४ वर्षे किशोर पक्राउ


तितोपाटी – सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा उदयपुरका १४ वर्षीय किशोर पक्राउ परेका छन्। जिल्लाको रौतामाई गाउँपालिका ५ की बालिकामाथि जवरजस्ती गरेको आरोपमा सोही ठाउँका १४ वर्षीय किशोर पक्राउ परेको प्रहरीले जनाएको छ।

तिहार भाइटीकाको साँझ घटेको घट्नाको विवरण पीडितका आफन्तले प्रहरीलाई खवर गरेपछि मंगलवार साँझ अभियुक्तलाई पक्राउ गरिएको हो। वडाध्यक्षमार्फत पीडितका आफन्तले प्रहरी गुहारेपछि प्रहरी टोली घट्नास्थल पुगेर अभियुक्त किशोरलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि सदरमुकाम ल्याएको प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी अभिभाकको जिम्मा लगाइएको छ। बालकलाई भने सुधारगृहमा राखेर प्रहरीले अनुसन्धान थालेको छ। बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको वडाध्यक्ष पाण्डव राईले बताए।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...