Tuesday 6th October 2026

नृत्य मार्फत विश्व रेकर्ड राख्ने प्रयत्नमा धनकुटाकी बन्दना नेपाल


तितोपाटी – धनकुटाको मूर्तिढुंगा गाविस हाल महालक्ष्मी नगरपालिका–९ की १७ वर्षीया बन्दना नेपाल लगातार १२६ घन्टा लोकनृत्य प्रस्तुत गरेर विश्व कीर्तिमान राख्ने तयारीमा छिन् । सुन्दा प्रायः असम्भव लाग्ने क्रियाकलापमार्फत विश्व कीर्तिमान राख्ने नेपालीको संख्या दिनप्रतिदिन बढ्दो छ । हालसम्म विभिन्न विधामा १२८ नेपालीले विश्व कीर्तिमान कायम गरिसकेको ‘गिनिज बुक अफ वल्र्ड रेकडर्स’ को तथ्यांकले देखाएको छ । 

यसअघि लगातार १२३ घन्टा १५ मिनेट शास्त्रीय संगीतमा नृत्य गरेर भारत केरलाकी कलामण्डलम हेमलथाको नाममा विश्व कीर्तिमान कायम भएको थियो । आगामी मंसिर ७ गते बिहान ७ बजेदेखि बत्तीसपुतलीस्थित बिग फुडल्यान्डमा नृत्य शुरु गर्ने बन्दनाले बताइन् । उनले नेपालका विभिन्न मौलिक पहिरन र वेशभूषामा मारुनी, नौमती बाजादेखि सुदूरपश्चिमको देउडा गीतमा नृत्य प्रस्तुत गर्नेछिन् ।

युवापुस्तामा विदेशी संस्कृतिको बढ्दो मोह र नेपाली मौलिक लोकगीत तथा लोकसंगीतप्रति उत्साह जगाउन आफ्नो नृत्य महत्वपूर्ण हुने उनी बताउँछिन् । उनले भनिन्, ‘हालसम्म सांस्कृतिक नृत्यमा विश्वमा कसैले पनि कीर्तिमान नराखेकाले मेरो सांस्कृतिक नृत्य विश्वमै पहिलो कीर्तिमान हुनेछ । लोकनृत्यका माध्यमबाट नेपाललाई विश्वमा चिनाउन साहस गरेकी हुँ । ’

गीतसंगीतमा सानैदेखि रुचि राख्ने बन्दनाले आफ्नै घरमा नृत्य प्रशिक्षण केन्द्र सञ्चालन गरेर नृत्य सिकाउँदै आएकी छिन् । उनले २०७३ सालमा शिवकैलाश कला केन्द्रबाट एक र भारतको बेंग्लोरबाट दुई महिनाको नृत्य प्रशिक्षण कक्षा लिएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...