Tuesday 16th December 2025

गौचन हत्याका अर्का मतियार माया शेरचन पक्राउ


तिताेपाटी — प्रहरीले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा मतियार बनेको अभियोगमा कास्की अन्नपूर्ण–९ की माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार काठमाडौंको नागार्जुनस्थित दुईधाराबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गौचन हत्या र रुपन्देही देवदह नगरपालिकास्थित खैरहनीका ४० वर्षीय दुर्गा तिवारीको हत्यामा प्रयोग भएको हतियार सार्प सुटर काले भनिने अम्मरबहादुर राना र लोप्साङ भनिने सोम तामाङलाई मायाले उपलब्ध गराइदिएकी थिइन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...