Monday 15th December 2025

दिल्लीमा बन्धक बनाइएका २८ नेपाली महिलाको उद्धार


तिताेपाटी – आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ ।

नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका उनीहरुको सोमबार स्थानीय प्रहरीले उद्धार गरेको हो ।

२१ देखि ४५ बर्ष उमेरका ती नेपाली महिलालाई वैदेशिक रोजगारीको गिरोहले आकर्षक तलबसहित विभिन्न प्रलोभन दिएर दिल्ली पुर्याएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बन्धक बन्न पुगेका महिलामध्ये केही यसअघि इराक र ओमनमा काम गरेर फर्केका समेत छन् । आजको कान्तिपुरमा समाचार छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स सन् १९५८ मा स्थापना भएर देशको पहिलो राष्ट्रिय ध्वजावाहक एयरलाइन्सको रूपमा उदाएको थियो। त्यसबेलाको गौरवशाली…

बंगलादेश सेनाले भनेको छ कि सुडान र दक्षिण सुडान बीचको विवादित क्षेत्र अबेईमा रहेको संयुक्त राष्ट्रसंघको बेसमा भएको "आतंकवादी" आक्रमणमा…

तीतोपाटी – कुवेतको नेपाली समाजमा विभिन्न संघ संस्थाहरू खुल्ने क्रममा गोरखा समाज कुवेतको पनि गठन भएको छ भने समाजको प्रथम…

प्रतिकृयाहरू
...