Monday 15th December 2025

नेकपामा जन्मियो नयाँ गुट


तिताेपाटी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नयाँ गुटको जन्म भएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरिरहेका छन् , अाजकाे राजधानी पत्रिका दैनिकमा याे खबर छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपालो चयन गरेको प्रदेश पदाधिकारी, विधि, प्रक्रिया र पद्धतिप्रति नेपाल र श्रेष्ठले चर्को आलोचना गर्दै आएका थिए ।

उनीहरुले सोमबारको सचिवालय बैठकमा सचिवालयको अघिल्लो निर्णय सदर गर्न गरिएको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेर पार्टीभित्र नयाँ गुटको जन्म दिएका हुन् ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोरी सच्याउन प्रतिवद्धता व्यक्त गरेपछि पार्टीमा बल्झेको विवाद साम्य भएजस्तो देखिए पनि नेपाल र श्रेष्ठले असहमति जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स सन् १९५८ मा स्थापना भएर देशको पहिलो राष्ट्रिय ध्वजावाहक एयरलाइन्सको रूपमा उदाएको थियो। त्यसबेलाको गौरवशाली…

बंगलादेश सेनाले भनेको छ कि सुडान र दक्षिण सुडान बीचको विवादित क्षेत्र अबेईमा रहेको संयुक्त राष्ट्रसंघको बेसमा भएको "आतंकवादी" आक्रमणमा…

तीतोपाटी – कुवेतको नेपाली समाजमा विभिन्न संघ संस्थाहरू खुल्ने क्रममा गोरखा समाज कुवेतको पनि गठन भएको छ भने समाजको प्रथम…

प्रतिकृयाहरू
...