Wednesday 12th August 2026

मादकपदार्थ सेवन गरेर सर्वसाधारण कुट्ने वडाध्यक्षविरुद्ध मुद्दा दर्ता


तिताेपाटी – जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ ।

मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवलाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एक साताको म्याद थप गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए ।

शर्माका अनुसार वडाध्यक्ष राईले शनिबार मापसे गरेर अर्पण आयल हर्कपुरमा काम गर्ने मदन तिमिल्सिना स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राई प्रहरी खोरमा पुगेका हुन् । जिम्मेवार व्यक्ति नै झपडमा उत्रिएपछि कानूनी कारवाही गर्नु परेको प्रहरीले जनाएको छ ।

घटनापछि पीडितले उजुरी गरेसँगै जिल्ला सदरमुकामबाट खटिएको प्रहरीले वडाध्यक्ष राईलाई हर्कपुरबाटै पक्राउ गरेको थियो । राई स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए । रासस


सम्बन्धित शीर्षकहरु

वासिङ्टन, १२ अगस्ट – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नाटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित इरानी क्षेप्यास्त्र…

पश्चिमी कोलम्बियामा आएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या २५० भन्दा बढी पुगेको छ। १,३०० भन्दा बढी घाइते भएका…

उत्तर कोरियाले एक साताभित्र दोस्रो पटक ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरिया र जापानका अनुसार मिसाइल उत्तर कोरियाको वोनसान…

प्रतिकृयाहरू
...