Wednesday 14th January 2026

खाचिकोट ७ मैदानमा त्रयोदशी मेला भव्यरूपमा सम्पन्न


तितोपाटी – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका खाचिकोट ७ स्थित हिजो महान चाड बडा दशैं टीकाको तेस्रो दिन भगबती मन्दिरमा त्रयोदशीको अवसर पारेर हिजो सोमबारका दिन बृहत सराय जात्रा सहित फूलपाती बिसर्जन गरिएको छ ।
प्रत्येक वर्ष त्रयोदशीको अवसरमा भगबती मन्दिरको वरीपरी लाग्ने अर्घाखाँची जिल्लाकै प्रसिद्द यो मेला रहेको हो। उक्त त्रयोदशी मेलामा अर्घाखाँची जिल्ला लगायत , जिल्ला बाहिरबाट हजारौं दर्शनार्थीहरुको उपस्थित रहेको थियो ।
उक्त मेलामा स्थानीय विभिन्न गाविस एवम् छिमेकी जिल्ला र देशको विभिन्न ठाउबाट मेला भर्न आउने हजारौ तिर्थालु एवम् दर्शकहरुको घुइचो लागेको थियो भगबती मन्दिरमा चढाइएको फूलपाती लिई पञ्चेबाजाको तालमा खुडा, खुकुरी, तरवार नचाउँदै निकालिएको सराय जात्रा मैदान बजार परिक्रम गरी भगबती मन्दिरबाट फूलपाती लिई हजारौको संख्यामा हाथमा घरेलु हथियार लिएर सरायँ खेल्दै फूलपाती विसर्जन गरिएको हो ।
कार्यक्रमको बारेमा बताउदै वडा अध्यक्ष प्रीतम थापाले हामी हाम्रा सस्कृतिमा धनी भएको र हाम्रा चिनारी पहिचान नै यिनै भएकोले यस प्रकारका हाम्रा पहिचानहरु को संरक्षण गर्नु कर्तब्य पनि रहेको उल्लेख गरेका थिए । साथै उनले समृद्ध खाचिकोटको निर्माणमा एकजुट भएर लाग्न समेत अनुरोध गरेक थिए ।
उक्त कार्यक्रममा बागमारा सामुदायिक क्लबले निकै महत्त्वपूर्ण भुमिका निभाएको थियो क्लबमा आबद्ध सकृय सदस्य द्वारा गाडी पार्किङ्ग र भिडभाड नियन्त्रण गर्नको लागी क्लबमा आबद्ध सदस्य हरुलाई खटाइएको थियो। क्लबका अध्यक्ष कमल केसिका अनुसार बागमारा सामुदायिक क्लब बागमाराले अगामी दिनहरुमा अझ बृहत रूपमा क्लब लाई अगाडि बढाउने बताएका छन।

 


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...