Saturday 17th January 2026

राैतहटमा १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार


तितोपाटी – राैतहटमा एक १७ वर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी छिन् । रौतहटको गुजरा नगरपालिकाको मनर्वाटोलमा मेला हेर्न गएकी एक किशोरीलाई तीनजना युवकले सामूहिक बलात्कार गरेका हुन् । गुजरा नपाको मनर्वाटोलमा लागेको मेला हेर्न गएकी १७ वर्षीया किशोरीलाई तीनजना युवकले सामूहिकरुपमा बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

गत आइतबार राती मेला हेर्न गएकी ति किशोरीलाई सोमबार बिहान उज्यालो नहुँदै घर पुर्‍याइदिने भन्दै चिनजानकै एक छिमेकी युवकले मोटरसाइकलमा राखेर मनर्वास्थित नहरको डिलमा ल्याएर उनीसहित उनका तीनजना साथीले बलात्कार गरेको पीडित पक्षको आरोप छ।

नहरको डिलमा बलात्कार गरेर पुन जंगलतर्फ मोटरसाइकलमा राखेर लैजाँदै गर्दा बस्तिछेउमा पुगेपछि किशोरीले मोटरसाइकल चलाइरहेका आरोपीको हात टोकेर मोटरसाइकल लडाइ गुहार मागेपछि तीनैजना युवक फरार भएको पीडित किशोरीले प्रहरीसमक्ष बताएकी छन्।

आरोपी तीनैजना फरार रहेका छन्। सोमबार साँझ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दर्ता भएको छ। बिहानै भएको घटनाको प्रहरीलाई साँझ मात्रै जानकारी दिएकाले आरोपी फरार हुने मौका पाएको प्रहरीको भनाइ छ।

किशोरीको स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान र आरोपीको खोजी भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी युवराज खड्काले जनाकारी दिएका छन्।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...