Tuesday 23rd September 2025

सिरहामा भारतीय नागरिकद्वारा किशोरी बलात्कृत, बलात्कारी पक्राउ


तितोपाटी – सिरहामा भारतीय नागरिकद्वारा एक १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन भने तत्कालै किटानी जाहेरी दिएकोले अपराधी भारतीय नागरिक पक्राउ परेको छ । सिरहाको बडियारपट्टि गाउँपालिका ३ इन्द्रचोक मेलामा भएको सांस्कृतिक कार्यक्रम हेर्न गएकी स्थानीय एक किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले एक भारतीय युवकलाई नियन्त्रणमा लिएको हो । गाउँमै भएको मेला हेर्न गएकी १६ वर्षीय किशोरीलाई गत आइतबार राती वलात्कार गरेको अभियोगमा प्रहरीले भारत, विहार, मधुनी, गाम पञ्चायत भरचौरा वार्ड नं. ११ का २६ वर्षीय मुकेश सहनीलाई नियन्त्रणमा लिएको हो ।

अाइतबार राती गाउँमै भएको मेला हेर्न गएकी युवतीमाथि मुकेशले जबरजस्ती करणी गरेको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सहनीसँगै मेला हेर्न आएका अन्य तीनजना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको भएपनि किशोरीले एकजनाले मात्र करणी गरेको किटानी जाहेरी दिएपछि सहनीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको दाबी छ ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...