Saturday 20th June 2026

सिरहामा भारतीय नागरिकद्वारा किशोरी बलात्कृत, बलात्कारी पक्राउ


तितोपाटी – सिरहामा भारतीय नागरिकद्वारा एक १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन भने तत्कालै किटानी जाहेरी दिएकोले अपराधी भारतीय नागरिक पक्राउ परेको छ । सिरहाको बडियारपट्टि गाउँपालिका ३ इन्द्रचोक मेलामा भएको सांस्कृतिक कार्यक्रम हेर्न गएकी स्थानीय एक किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले एक भारतीय युवकलाई नियन्त्रणमा लिएको हो । गाउँमै भएको मेला हेर्न गएकी १६ वर्षीय किशोरीलाई गत आइतबार राती वलात्कार गरेको अभियोगमा प्रहरीले भारत, विहार, मधुनी, गाम पञ्चायत भरचौरा वार्ड नं. ११ का २६ वर्षीय मुकेश सहनीलाई नियन्त्रणमा लिएको हो ।

अाइतबार राती गाउँमै भएको मेला हेर्न गएकी युवतीमाथि मुकेशले जबरजस्ती करणी गरेको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सहनीसँगै मेला हेर्न आएका अन्य तीनजना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको भएपनि किशोरीले एकजनाले मात्र करणी गरेको किटानी जाहेरी दिएपछि सहनीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको दाबी छ ।


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...