Saturday 20th June 2026

नेकपाको सचिवालय बैठक बस्दै, पार्टी एकता प्रक्रिया र सरकारका काम कारवाहीबारे छलफल हुने


तिताेपाटी -पटक पटक स्थगित हुदै आएको नेकपाको सचिवालय बैठक आज बस्दैछ ।

पार्टीको तल्ला कमिटिको एकता प्रक्रिया, स्थायी कमिटी बैठकको एजेण्डा तथा सरकारको कामकारबाहीका बिषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान ११ बजेपछि बस्ने बैठकमा मुख्यगरी प्रदेशका पदाधिकारी छनोट,सरकारका काम कारवाही लगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि प्रदेश कमिटीका पदाधिकारी एकलौटी गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले विरोध गर्दै सचिवालयमा असन्तुष्टि पत्र नै दर्ता गराएका थिए ।

बैठकमा माधव नेपालले दर्ता गराएको असन्तुष्टिपत्रका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

यसैगरी यहि कार्तिक १२ र १३ गते बस्ने स्थायी समितिको बैठकमा लैजाने एजेण्डाका विषयमा समेत छलफल हुने बुझिएको छ । सरकारका काम कारवाहीबारे सत्तारुढ दलमै असन्तुष्टि बढेपछि मन्त्रीहरुको फेरवदलका लागि समेत बैठकमा छलफल हुने बुझिएको छ

। प्रधानमन्त्री ओलीले दशैंलगत्तै केही मन्त्री फेरबदल गर्नसक्ने संकेत गरेका थिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको तीन महिने अवधि पूरा भएका बेला सबै मन्त्री र सचिवलाई बोलाएर कार्ययोजना पेश गर्न र प्रभावकारी काम गर्न निर्देशन दिएका ओलीले ६ महिनासम्म पनि प्रभावकारी काम गर्न नसक्ने मन्त्रीहरु फेर्ने संकेत गरेका थिए ।

नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि भारत भ्रमणको पूर्वसन्ध्यामा ’टिम’ परिवर्तन गरेर भए पनि सरकारको काम प्रभावकारी बनाउनुपर्ने बताएका थिए । पछिल्लो पटक गत असोज २४ गते बस्ने भनिएको सचिवालय बैठक असोज २७ गते सारिएको थियो ।

उक्त दिन पनि बैठक बस्न नसकेपछि ओली र अध्यक्ष प्रचण्डबीचको छलफलले दशैँ पछाडि बैठक बस्ने निर्णय गरेको थियो ।

– राताेपाटी


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...