Wednesday 14th January 2026

नेकपाको सचिवालय बैठक बस्दै, पार्टी एकता प्रक्रिया र सरकारका काम कारवाहीबारे छलफल हुने


तिताेपाटी -पटक पटक स्थगित हुदै आएको नेकपाको सचिवालय बैठक आज बस्दैछ ।

पार्टीको तल्ला कमिटिको एकता प्रक्रिया, स्थायी कमिटी बैठकको एजेण्डा तथा सरकारको कामकारबाहीका बिषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान ११ बजेपछि बस्ने बैठकमा मुख्यगरी प्रदेशका पदाधिकारी छनोट,सरकारका काम कारवाही लगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि प्रदेश कमिटीका पदाधिकारी एकलौटी गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले विरोध गर्दै सचिवालयमा असन्तुष्टि पत्र नै दर्ता गराएका थिए ।

बैठकमा माधव नेपालले दर्ता गराएको असन्तुष्टिपत्रका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

यसैगरी यहि कार्तिक १२ र १३ गते बस्ने स्थायी समितिको बैठकमा लैजाने एजेण्डाका विषयमा समेत छलफल हुने बुझिएको छ । सरकारका काम कारवाहीबारे सत्तारुढ दलमै असन्तुष्टि बढेपछि मन्त्रीहरुको फेरवदलका लागि समेत बैठकमा छलफल हुने बुझिएको छ

। प्रधानमन्त्री ओलीले दशैंलगत्तै केही मन्त्री फेरबदल गर्नसक्ने संकेत गरेका थिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको तीन महिने अवधि पूरा भएका बेला सबै मन्त्री र सचिवलाई बोलाएर कार्ययोजना पेश गर्न र प्रभावकारी काम गर्न निर्देशन दिएका ओलीले ६ महिनासम्म पनि प्रभावकारी काम गर्न नसक्ने मन्त्रीहरु फेर्ने संकेत गरेका थिए ।

नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि भारत भ्रमणको पूर्वसन्ध्यामा ’टिम’ परिवर्तन गरेर भए पनि सरकारको काम प्रभावकारी बनाउनुपर्ने बताएका थिए । पछिल्लो पटक गत असोज २४ गते बस्ने भनिएको सचिवालय बैठक असोज २७ गते सारिएको थियो ।

उक्त दिन पनि बैठक बस्न नसकेपछि ओली र अध्यक्ष प्रचण्डबीचको छलफलले दशैँ पछाडि बैठक बस्ने निर्णय गरेको थियो ।

– राताेपाटी


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...