Wednesday 7th October 2026

चालक निदाएका कारण नवलपरासीमा बस पल्टियो, ५ जनाको मृत्यु


तितोपाटी — सिट क्षमताभन्दा बढी यात्रु बोकेको रात्री बस महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला नजिक आज बिहान ५ बजे दुर्घटना हुँदा कम्तिमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

४० जना यात्रु बोक्ने क्षमताको धरानबाट भैरहवातर्फ जाँदै गरेको रात्री बसले ५२ यात्रु बोकेको प्रहरीको भनाई छ ।

दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रु बसमा खचाखच थिए । बसका चालक निदाएका कारण बिहान बस राजमार्गबाट देब्रेतर्फ पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा १६ जना घाइते भएका छन् । ती मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।
– कान्तिपुर


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...