Saturday 18th July 2026

खुकुरी प्रहार गरी हत्या


तिताेपाटी — मोरङको पथरीशनिश्चरे-८ शुक्रबारेमा धारिलो हतियार प्रहार गरी एक जना व्यक्तिको हत्या भएको छ । शुक्रबार राती १० बजे स्थानिय २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या भएको हो ।

खड्काको हत्या गरेको अभियोगमा प्रहरीले स्थानिय १७ वर्षीय कृष्ण विष्टलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईँले विष्टको साथबाट हत्या गर्न प्रयोग भएको खुकुरी समेत बरामद गरिएको जानकारी दिए ।

मृतक खड्काको टाउको लगायत शरिरका विभिन्न भागमा प्रहार भएको थियो । उनको शव उर्लावारी-३ स्थित मंगलबारे अस्पतालमा पोष्टमार्टमका लागि ल्याईएको छ ।

-कान्तिपुर


सम्बन्धित शीर्षकहरु

काठमाडौं । प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष सक्रियतापछि नेपाल राष्ट्र बैंकले उद्योगी–व्यवसायीले उठाएका मागअनुसार चालु पुँजी कर्जासम्बन्धी एकीकृत निर्देशन संशोधन गरेपछि मौद्रिक…

इस्लामाबाद/मुजफ्फराबाद, जुलाई १७ — पाकिस्तान प्रशासित कश्मीर (आज़ाद जम्मू–कश्मीर) मा पछिल्ला केही सातादेखि जारी राजनीतिक अशान्ति र सुरक्षा कारबाहीका क्रममा…

गुलाम नबी मन्सुर, कुवेत - जब देशका ऊर्जाशील युवाहरूले पालैपालो आफ्नै शरीरमा आगो लगाएर जीवन अन्त्य गर्नुपर्ने अवस्था सिर्जना हुन्छ,…

प्रतिकृयाहरू
...