Tuesday 6th October 2026

नेपाल र कुवेतबीच पनि श्रम सम्झौता हुने, कुवेतका श्रम मन्त्री नेपाल आउने


तिताेपाटी – नेपाल र कुवेतबीच पनि श्रम सम्झौता हुने भएको छ । केही समयदेखि घरेलु कामदारको श्रम स्वीकृति रोकिएको सन्दर्भमा छलफल गर्न कुवेतका श्रम मन्त्री अर्को महिना नेपाल आउने भएका छन् ।

श्रम मन्त्रालय स्रोतका अनुसार कुवेती मन्त्री अक्टोबर पहिलो साता नेपाल आउने तय भएको थियो । तर नेपाल पक्षले तयारी नपुगेको भनेपछि उनको भ्रमण कम्तीमा एक साता पर सरेको छ ।

श्रममन्त्री गोकर्ण विष्टले मलेसियासँग नेपालको हात माथि पर्ने गरी श्रम सम्झौताको मस्यौदामा सहमति जुटाउन सफल भएसँगै अन्य देशसँग पनि पहल शुरु भएको हो । कुवेतले नेपालसँग श्रम सम्झौता गर्न चाहेको छ ।

कुवेतमा ४० हजार भन्दा बढी नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत छन् । तर नेपालमा श्रम स्वीकृति बन्द भएपछि उनीहरु आउन पाएका छैनन् । घरेलु कामदारको श्रम स्वीकृति रोकिएपनि अवैध बाटोबाट नेपाली महिला कुवेत गइरहेका छन् ।

अवैध बाटोबाट जाँदा नेपाली महिला जोखिममा परेको भन्दै संसदको श्रम सम्बन्ध समितिमा घरेलु कामदारलाई श्रम स्वीकृति दिन सांसदहरुले सुझाव दिएका छन् । श्रममन्त्री गोकर्ण विष्टले दुई पक्षीय सम्झौताबाट नेपाली महिलाहरुको सम्पूर्ण सुरक्षा हुने गरिमात्र श्रम स्वीकृति खुलाइने बताएका छन् ।

त्यसका लागि कुवेतका मन्त्री नेपाल आउन लागेको श्रम मन्त्रालयका एक उच्च अधिकारीले बताए । अहिले तेस्रो मुलुक हुँदै अवैध रुपमा नेपाली महिला जाने क्रम नरोकिएकाले यसलाई नेपालबाटै सहज बनाउन मन्त्री बिष्टमाथि दबाब परेको छ ।

 –  अनलाइनखबर


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...