Thursday 5th March 2026

मुस्लिम सांसदले दुई हिन्दु मन्दिर उद्घाटन गरे


कपिलबस्तु क्षेत्र नंंबर २ का सांसद अतहर कमाल मुसलमान मुस्लिम धर्मावलम्बी हुन् ।

तैपनि शनिबार उनलाई आफ्नो निर्वाचन क्षेत्रमा आयोजना गरिएको दशैँको शुभकामना कार्यक्रममा सहभागी हुन भ्याई नभ्याई थियो ।

उनले एकै दिन ५ कार्यक्रममा सहभगिता जनाएर दशैँको शुभकामना आदान प्रदान गरे । यो शिलसिला अझै जारी छ । थप दशैँको शुभकामना आदान प्रदान, चियापान तथा भेटघाट कार्यक्रममा सहभागी हुन जानुछ ।

अघिल्लो पटक सांसद विकास कोषमा आउने ५० लाख रकममध्ये केही रकम उनले मन्दिर निर्माणका लागि दिएका थिए ।

यस वर्ष मन्दिर बनिसकेपछि उनलाई र उनकी श्रमतीलाई संयुक्त रुपमा मन्दिर उद्घाटनका लागि निम्तासमेत आएको छ ।

दशैँको अवसरमा उनले कपिलबस्तुको फुलिकास्थित दुर्गा मन्दिरको उद्घाटन गर्दैछन् । यस्तै लवनी भन्ने ठाउँमा रहेको मन्दिर उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ ।

उनले भने–‘दुर्गा पूजाको बेला आँखामा पट्टी बाँधेको हुन्छ, सोही पट्टी खोलेर उद्घाटन गरिदिनुप¥यो भनेर हामी श्रीमान्–श्रीमती दुबै जनालाई निम्ता गरेका छन् ।’

फुलिकामा निर्माण भएको दुर्गा मन्दिरका लागि उनले अघिल्लो वर्ष सांसद विकास कोषबाट डेढ लाख दिएका थिए । पर्यटन मन्त्रालय, स्थानीय संघ संस्थाको आर्थिक सहयोगमा सो मन्दिर स्थापना भएको उनले बताए । दुर्गा मन्दिरसँगै धर्मशाला पनि स्थापना भएको छ । दुर्गा झाँकीसहितको कार्यक्रममा उनले सो मन्दिरको उद्घाटन गर्न लागेका हुन् ।

उनी भन्छन् – देशमा आर्थिक समृद्धी ल्याउने हो भने पहिला सामाजिक भावना र सांस्कृतिक पक्षमा समृद्धी ल्याउनुपर्छ । त्यसैलाई टेकेर मात्र आर्थिक समृद्धी हासिल हुन सक्छ । हामी जुन समाजभित्र बसेका छौँ, पहिला त्यो समाजलाई नै सम्पन्न बनाउनुपर्छ । हाम्रा संस्कृतिलाई जीवन्त राख्न सबै मिलेर अघि बढ्नुपर्छ’ ।

एक साताअघि काठमाडौंबाट कपिलवस्तु गएका सांसद अतहर कमाल मुसलमानले दशैँ अवधिभर आफू सामाजिक कामका साथै शुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त हुने बताए ।

उनको निर्वाचन क्षेत्रमा झन्डै ७० प्रतिशत हाराहारी मतदाता हिन्दु धर्मावलम्बी छन् । उनी आफ्ना मतदाताले गरेका अधिकांश कार्यक्रममा सहभागी हुन्छन् ।

इद बकरिद पनि उनले हिन्दु समुदायसँग मिलेर मनाउने गरेका छन् । उनले भने–‘इद, बकर इदका बेला पनि आर्थिक रुपमा कमजोर रहेका हिन्दूहरुलाई खाद्यान्न दिन्छु, खसी राँगाहरु वितरण गर्छु । दशैँमा दुर्गा मुर्तिहरु राखेको ठाँउमा गएर पनि आर्थिक सहयोग गर्ने गरेको छु । सम्भव भएसम्म भेटघाट गर्छु, यसले हाम्रो धार्मिक सदभावलाई पनि बृद्धी गरेको छ । ७० प्रतिशत मेरा मतदाता हिन्दू छन्, उनीहरुको अभिभावक जस्तो भएको नाताले पनि म उनीहरुसँगै हुन्छु । पहिला आर्थिक रुपमा कमजोर हुँदा खानाको समस्या थियो, सबै भेला भएर खानपान गर्ने चलन थियो । अहिले आर्थिक रुपमा केही सुधार भएपनि एक आपसमा भेट्ने खानपान गर्ने संस्कृतिलाई छोड्नुहुँदैन । हाम्रो संस्कृतिलाई जीवन्त राख्न सबै मिलेर अघि बढ्नुपर्छ ।’

माओवादी द्वन्द्वको समय कपिलबस्तुमा हिन्दू र मुस्लिमको बीचमा केही चिसोपना थियो । तर शान्तिप्रक्रिया स्थापना भएपछि फेरी सुमधुर सम्बन्ध भएको उनले बताए । दुबैको धर्मका ठूला चाडपर्वमा एक अर्कालाई सहयोग गर्ने परम्परामा अझ बलियो भएर आएको छ ।

उनी भन्छन्–‘सांस्कृतिक समाजिक विकासका लागि सबै समुदाय एक ठाँउमा हुनपर्छ । एक अर्काका धार्मिक गूरुहरुले आफ्नो धर्म ठूलो भनेर प्रचार गरेपनि हरेक धर्मले भन्ने कुरा एउटै हो, सत्य बोल, हत्या नगर, दुःखी गरिबको सेवा गर । मान्छेलाई अनुशासनमा राख्न धर्मसंस्कृतिले जति ठूलो भूमिका खेल्छ, राजनीतिले सक्दैन ।’

गरिबलाई सहयोग गर्ने, सामाजिक एकताको आधारबाट नै मुलुकमा आर्थिक समृद्धी आउने उनी बताँउछन् । सांसद मुसलमानले दशैँ सकेर मात्र काठमाडौं आउने योजना बनाएका छन् ।

– राताेपाटी


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...