Thursday 5th March 2026

अर्घाखाँचीको सा.न.पा.७ खाँचीकोटमा काङ्ग्रेस द्वारा शुभकामना कार्यक्रम सम्पन्न


तितोपाटी – नेपाली काङ्ग्रेस सा.न. पा. ७ खाँचीकोट द्वारा नेपालीहरूको महान चाड बडा दशै तथा दिपावली लगायत नजिकिदै गरेका अन्य चाडपर्वहरुको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अर्घाखाँचीको सा.न.पा. ७ खाँचीकोट मैदान स्थित हिजो सोमवारका दिन कोट दुर्गा मन्दिरमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा उपस्थित खाँचीकोट ७ का वडा अध्यक्ष प्रीतम थापा, गणेश थापा,कृष्णलाल पुरी,डिल्लीराज थापा,सोभाखर पुरी,रेशम थापा,धन ब.केसी लगायत रहेका थिए।

प्रीतम थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संचालक राम बहादुर केसी. रहेका थिए भने, बिष्णु थापा, टुकलाल पुरी, गणेश थापा,प्रीतम थापा,चेतलाल पुरि,कृष्णलाल पुरी,कमला नेपाली,हरि क पौडेल,बिष्णु प्र. भुसाल,त्रिलोक सिंह, झलकुमारी अधिकारी, लगायत नेपाली काङ्ग्रेस पार्टीमा आवद्ध विभिन्न व्याक्तीहरुले शुभकामना मन्तव्य राखेका थिए।

त्यस्तै कार्यक्रमको पुर्वसन्ध्यामा हिजो मात्र निधन भएका नेपाली काङ्ग्रेसका पुर्वमन्त्री चक्र बास्तोलाको चिर शान्तीको कामना गर्दै एक मिनेट मौन धारण गरेका हुन।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आफुहरुले बिकासका खाका कोर्दै रहेको र खाँचीकोट ७ मा बृहत ढंगले बिकास गर्ने बताउदै उक्त कार्यमा विपक्ष पार्टीले पनि आफुहरुलाई साथ दिनुपर्ने बताए।

कार्यक्रममा बोल्दै गणेश थापाले आगामि दिनहरुमा अझ पार्टीलाई मजबुत बनाउदै लाने र थप योजना हरु बनाउने पार्टीलाई अझ संगठित तरिकाले अगाडि बढाउने बताए।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...