Wednesday 3rd July 2024

अर्घाखाँचीको सा.न.पा.७ खाँचीकोटमा काङ्ग्रेस द्वारा शुभकामना कार्यक्रम सम्पन्न


तितोपाटी – नेपाली काङ्ग्रेस सा.न. पा. ७ खाँचीकोट द्वारा नेपालीहरूको महान चाड बडा दशै तथा दिपावली लगायत नजिकिदै गरेका अन्य चाडपर्वहरुको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अर्घाखाँचीको सा.न.पा. ७ खाँचीकोट मैदान स्थित हिजो सोमवारका दिन कोट दुर्गा मन्दिरमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा उपस्थित खाँचीकोट ७ का वडा अध्यक्ष प्रीतम थापा, गणेश थापा,कृष्णलाल पुरी,डिल्लीराज थापा,सोभाखर पुरी,रेशम थापा,धन ब.केसी लगायत रहेका थिए।

प्रीतम थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संचालक राम बहादुर केसी. रहेका थिए भने, बिष्णु थापा, टुकलाल पुरी, गणेश थापा,प्रीतम थापा,चेतलाल पुरि,कृष्णलाल पुरी,कमला नेपाली,हरि क पौडेल,बिष्णु प्र. भुसाल,त्रिलोक सिंह, झलकुमारी अधिकारी, लगायत नेपाली काङ्ग्रेस पार्टीमा आवद्ध विभिन्न व्याक्तीहरुले शुभकामना मन्तव्य राखेका थिए।

त्यस्तै कार्यक्रमको पुर्वसन्ध्यामा हिजो मात्र निधन भएका नेपाली काङ्ग्रेसका पुर्वमन्त्री चक्र बास्तोलाको चिर शान्तीको कामना गर्दै एक मिनेट मौन धारण गरेका हुन।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आफुहरुले बिकासका खाका कोर्दै रहेको र खाँचीकोट ७ मा बृहत ढंगले बिकास गर्ने बताउदै उक्त कार्यमा विपक्ष पार्टीले पनि आफुहरुलाई साथ दिनुपर्ने बताए।

कार्यक्रममा बोल्दै गणेश थापाले आगामि दिनहरुमा अझ पार्टीलाई मजबुत बनाउदै लाने र थप योजना हरु बनाउने पार्टीलाई अझ संगठित तरिकाले अगाडि बढाउने बताए।


सम्बन्धित शीर्षकहरु

राज मल्ल , कुवेत सरकारले जारी गरेको एम्नेस्टी प्रक्रिया सम्पन्न भएको छ। यस प्रक्रियामा गैरकानूनी रूपमा बसेका आप्रवासीहरूले स्वदेश फिर्ता…

भारतको उत्तरप्रदेशमा एक धार्मिक भेलामा भागदौड हुँदा मारिनेको सङ्ख्या १०० जना भन्दा बढी पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। उत्तर प्रदेशको…

इजरायलले गाजाको सबैभन्दा ठूलो अस्पतालको प्रमुखसहित ५० भन्दा बढी बन्दीलाई रिहा गरेको छ। सात महिनाभन्दा लामो समयदेखि हिरासतमा रहेका अस्पतालका…

प्रतिकृयाहरू
...