Tuesday 4th November 2025

कुवेत अाएको २ महिनामै सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु


तितोपाटी – सडक दुर्घटनामा परि कुवेतमा फेरी एक जना नेपाली कामदारको मृत्यु भएको छ । पोखरा घर भर्इ २ महिना अघि मात्र कुवेतको आरमर कम्पनीमा क्लिनरको काममा आएका हरि बहादुर क्षेत्रीको अक्टोवर ५ तारिक शुक्रबारका दिन कारको ठक्करबाट ज्यान गएको हो । ३१ वर्षिय हरिबहादुर नेपालको ह्युमन रिसोर्स म्यानपावरमार्फत कुवेत अाइ कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा क्लिनरको रूपमा काम गर्दै आएका थिए ।

ढिलो गरि प्राप्त खबर अनुसार फर्वानियामा कम्पनीको अावास गृहमा बसेका उनी अक्टोबर ५ तारिक बेलुका खाना खाएर बाहिर निस्केपछि कोठामा नफर्केपछी खोजी भएको थियो ।उनको मृत्यु बारे गत बिहीवार अक्टोबर ११ तारिक मात्र कम्पनीले जानकारी गराएको बुझिएको छ भने ।

नेपाली दूतावास कुवेतले घटनाको बारेमा पुष्टि गर्दै मृतकको घर परिवारलार्इ जानकारी गराइसकेको छ । उनी रातको समयमा रक्सी खाएर हिडेको र सोही समयमा कारले ठक्कर दिएको बुझिएको छ । मृतकको शव नेपाल पठाउन आवश्यक कानुनी प्रक्रिया पूरा भैसकेको र कम्पनीसँग समन्वय गरेर आवश्यक क्षतिपुर्तिको लागि पहल गरिरहेको बुझिएको छ । मृतक हरिबहादुरको घरमा ९ महिनाकी छोरी, श्रीमती रहेको बुझिएको छ ।


सम्बन्धित शीर्षकहरु

ब्रह्माण्डमा जीवनको बारेमा हामीले सोचेका सबै कुरालाई चुनौती दिने खोजमा, अनुसन्धानकर्ताहरूले २ अर्ब वर्षभन्दा पुरानो उल्कापिण्डमा मानव डीएनएको निशान पहिचान…

तितोपाटी- नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट दलले एकता गर्ने सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गरेसँगै पार्टीको…

तितोपाटी-पाल्पाको तानसेनमा जेनजी समुहको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  “अब आवाज उठ्छ परिवर्तनका लागि, कर्म बोल्छ राष्ट्रका लागि” भन्ने…

प्रतिकृयाहरू
...