Thursday 5th March 2026

कर्णालीमा डुंगा दुर्घटना हुँदा २ जना वेपत्ता, ३ जना पाैडिएर बाँचे


तितोपाटी – कैलालीको चिसापानीमा अाज सोमबार साँझ डुंगा दुर्घटना हुँदा २ जना बेपत्ता भएका छन् भने ३ जना पाैडिएर बाँच्न सफल भएका छन् । बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ  तर खोजी तथा उद्दारका लागि गएको प्रहरी टोली भने रात परेको भन्दै फर्किएको छ । राती उद्दार गर्नका लागि आवश्यक उपकरण अभाव हुँदा प्रहरी टोली फर्किएको हो ।

इलाका प्रहरी कार्यालय, चिसापानीका प्रहरी निरीक्षक दिपेन्द्र केसीले घटना स्थलमा नर्मल ड्यूटीटोली रहेको बताउँछन् । अहिले पनि एउटा टोली त त्यहाँ छ । तर, राति उद्दार सम्भव भएनउनले भने, ‘उनीहरुलाई स्थानीयले लाइफ ज्याकेट दिएका छन् । केही परे उनीहरु खटिन्छन् ।

स्थानीय प्रहरीले सशस्त्र प्रहरी र सेनाको टोलीलाई खबर गरे पनि अझैसम्म घटनास्थलमा पुगेका छैनन् । स्रोतका अनुसार सशस्त्रको टोलीले सोमबार बिहान मात्रै घटनास्थलमा उपस्थित हुन सक्ने जनाएको छ ।

पाैडिएर बाँच्न सफल ३ जनाको नदीमा पौडिँदै गरेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय, चिसापानीका प्रहरी निरीक्षक दिपेन्द्र केसी नेतृत्वको टोलीले उद्दार गरेको थियो । उद्दारपछि उनीहरुको स्थानीय कीर्ति मेडिकल हलमा उपचार गरिएको छ ।

घटनामा कैलालीको जोशीपुर५ का पुरुषोत्तम चौधरी र जोशीपुर२ का समिर बडेला बेपत्ता भएका छन् ।

साँझ ६ बजे भएको दुर्घटना दुर्घटनाबारे खबर पाएलगत्तै प्रहरीले स्थानीयको सहयोगमा खोजी कार्य थालेको थियो । तर, राति अवेरसम्म पनि उनीहरुको अत्तोपत्तो लागेन ।

स्थानीयबासीका अनुसार दुर्घटना भएको ठाउँ त्यहाँको स्थानीय पर्यटकीय क्षेत्र पनि हो । त्यहाँ पर्यटकको लागि स्थानीयले डुंगा सञ्चालन गरेका थिए ।

चौधरी, बडेलासहित ५ जनाको समूह आइतबार दशैंको उत्सव मनाउन भन्दै त्यहाँ गएको थियो । उनीहरुले नदीको एक किनारमा गएर मदिरा सवेन गरेका थिए । साँझ फर्किने क्रममा डुंगा दुर्घटनामा परेको हो ।

 


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...