Saturday 25th July 2026

कास्की जिल्लाका सह-न्यायधिवक्ता ५ लाख घुससहित पक्राउ


तितोपाटी – सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा सरकारी वकिलको कार्यालय कास्कीका सह न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन्। थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले कार्यालयबाटै रंगेहात पक्रिएको हो।

बुधबार नै अख्तियार पोखराको कार्यालय शिलान्यास कार्यक्रम पनि आयोजना गरिएको थियो र त्यसको प्रमुख अतिथी थिए, अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे। उनै घिमिरेले सुशासन कायम गर्न कर्मचारीहरूले भ्रष्टाचार गर्न नहुने बताउँदै गर्दा सह न्यायाधिवक्ता ठुलो रकम सहित पक्राउ परेका हुन्।

अख्तियारका क्षेत्रीय प्रवक्ता रमेश ढकालका अनुसार उनलाई पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो। ठगी मुद्धालाई सर्वोच्चमा पुनरावेदन नगराउने प्रलोभन देखाएर उनले घुस मागेका थिए।

कार्यालयमै घुस लिने गरेको सूचनाका आधारमा अख्तियारको टोली पुग्दा थापा रकम सहित पक्राउ परेका हुन् । कार्यालय समय सुरु हुनुभन्दा अगाडि नै कार्यालय गएपछि थापालाई अख्तियारले पछ्याएको थियो। थापा अहिले अख्तियारको नियन्त्रणमा छन्।

यस्तै, अख्तियारले मंगलबार मालपोत कार्यालय पोखराबाट ५० हजार नगद घुस सहित दुई जनालाई पक्राउ गरेको छ। मालपोत अधिकृत ख्याम नारायण पौडेल र खरिदार संजय शर्मालाई ५० हजार घुस सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा इरानसँग सम्बन्धित बढ्दो क्षेत्रीय तनावका बीच यमन पुनः व्यापक युद्धतर्फ धकेलिन सक्ने चिन्ता बढ्दै गएको छ। विश्लेषकहरूका अनुसार इरानसँग…

होर्मुज जलडमरु (Strait of Hormuz) मा २८ जना भारतीय चालक दलका सदस्य रहेको एउटा एलपीजी (LPG) ट्यांकरमाथि आक्रमण भएको बताइएको…

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

प्रतिकृयाहरू
...