Monday 6th October 2025

बाँकेमा माइक्रो र ट्रक ठोकिंदा ६ जनाको मृत्यु, १७ जना घाइते


तितोपाटी – तुल्सीपुरबाट नेपालगन्ज आउँदै गरेको माइक्रोलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा चालकसहित ६ जनाको मृत्यु भएको छ। बाँकेकाे राप्ती सोनारी–२ को मुगुवा खोला नजिकै रा१ख १६६२ नम्बरको माइक्रो र कोहलपुरबाट पूर्व गइरहेको लु१ख ७७२९ नम्बरका ट्रक एकआपसमा ठोकिँदा दुर्घटना भएको हो।

चार जनाको घटना स्थलमा र दुई जनाको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए। मृत्यु हुनेमा तल्सीपुर नगरपालिका–८ की २७ वर्षीया बसन्ती चौधरी र सोही ठाउँका तुल्सी रावत रहेका छन्। अन्य मृतकको पहिचान खुल्न सकेको छैन।

प्रहरीका अनुसार १७ जना घाइते छन्। घाइतेको कोहलपुर मेलिकल कलेजमा उपचार भइरहेको छ। घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत…

प्रतिकृयाहरू
...