स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। दुर्घटनामा एक उच्चगति रेन्फे एभीई (Renfe AVE) रेल र रोकिराखिएको इर्यो (Iryo) रेल ठोक्किएका थिए।
स्पेनका यातायात मन्त्री ओस्कार पुएन्ते का अनुसार सिग्नल प्रणालीमा समस्या आएपछि नियन्त्रण केन्द्रबाट भएको मानवीय त्रुटिका कारण दुर्घटना भएको हुन सक्छ। रोकिएको रेल अगाडि नै रहेको अवस्थामा अर्को रेललाई रातो सिग्नल हुँदाहुँदै अघि बढ्न अनुमति दिइएको बताइएको छ।
प्रत्यक्षदर्शीहरूले ठक्करपछि यात्रुहरू हावामा उछिट्टिएको, डिब्बा क्षतिग्रस्त भएको र धेरै मानिसहरू रगताम्य अवस्थामा देखिएको बताएका छन्। उद्धार कार्य जारी रहेको छ।
दुर्घटनापछि प्रधानमन्त्री पेड्रो साञ्चेज ले तीन दिनको राष्ट्रिय शोक घोषणा गर्दै घटनाको पूर्ण छानबिन गरी दोषी भेटिए कडा कारबाही गरिने बताएका छन्।![]()