Friday 23rd October 2026

कुवेतमा अवैध मदिरा उत्पादन गर्ने गिरोह पक्राउ, तीन नेपालीसहित सात जना नियन्त्रणमा


कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ गरेको छ।
अहमदी गभर्नरेट सुरक्षा निर्देशनालय अन्तर्गतको वाफ्रा प्रहरी चौकीले सञ्चालन गरेको विशेष कारबाहीका क्रममा एक घरभित्र अवैध रूपमा मदिरा उत्पादन भइरहेको फेला पारेको हो। पक्राउ पर्नेमा चार भारतीय र तीन नेपाली नागरिक रहेका छन्।
गृह मन्त्रालयका अनुसार नियमित गस्तीका क्रममा वाफ्रा रेसिडेन्सियल कोअपरेटिभ सोसाइटी नजिकै एक चालकले ट्राफिक नियम उल्लङ्घन गर्दै सवारी चलाएको देखेपछि प्रहरीले उनलाई रोकेको थियो। सोधपुछका क्रममा गाडीभित्र मदिरा भरिएका बोतलहरू फेला परेका थिए।
चालकले उक्त मदिरा वाफ्रा आवासीय क्षेत्रको एक घरबाट ल्याएको स्वीकार गरेपछि प्रहरीले सम्बन्धित स्थानमा छापा मारेको थियो। छापाका क्रममा अवैध मदिरा उत्पादन गर्ने कार्यशाला फेला परेको तथा त्यसमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरिएको जनाइएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ। कुवेतमा मदिराको उत्पादन, बिक्री तथा सेवनसम्बन्धी कानुन अत्यन्त कडा रहेकाले यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही हुने व्यवस्था छ।
https://www.arabtimesonline.com/news/4-indians-3-nepalis-arrested-in-kuwaits-wafra-liquor-factory-bust/


सम्बन्धित शीर्षकहरु

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

प्रतिकृयाहरू
...