Monday 19th October 2026

ओमानलाई १० रनले हराउँदै नेपाल शीर्ष ६ मा, एकदिवसीय मान्यता जोगिने सम्भावना बलियो


नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानलाई १० रनले पराजित गर्दै प्रतियोगिताको शीर्ष ६ मा आफ्नो स्थान सुरक्षित गरेको छ।

अल अमिरेत मैदानमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो। ओमानका जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।

नेपालका ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए भने नन्दन यादव र कप्तान सन्दीप लामिछानेले एक–एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर २८० रन बनाएको थियो। कप्तान रोहितकुमार पौडेलले ८० रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ६९ र देव खनालले ५७ रनको महत्वपूर्ण योगदान दिए। रोहित र दीपेन्द्रबीच चौथो विकेटका लागि १३९ रनको उत्कृष्ट साझेदारी भएको थियो।

यस जितसँगै नेपालले ३६ खेलबाट ३० अंक पुर्‍याएको छ र सातौँ स्थानको क्यानडाभन्दा एक अंकले अघि रहेको छ। ओमान ३३ अंकसहित चौथो स्थानमा छ।

ओमान भ्रमणमा नेपालले चार खेलमध्ये तीनमा जित र एकमा हारको नतिजा निकाल्यो। शीर्ष ६ मा रहनु नेपालका लागि महत्वपूर्ण थियो, किनभने यसले एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) मान्यता जोगाउने सम्भावना बलियो बनाएको छ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...