प्लास्टिकको डब्बा छ
सिट्ठी लागेको भात छ
भातभित्र अलिकति तरकारी छ
कसैको अर्को डब्बामा दाल छ
डब्बालाई प्लास्टिकले बेरेको छ
डब्बाहरु हातमा जुण्डिएका छन
कतिका आँखामा निद अधुरो छ
कति फोनमा बोल्दै छन
कति बेर भयो भन्दै दौडिँदै छन
आकाश अँध्यारो छ
धर्ती उज्यालो
आकासमा सुर्य उदाएको छैन
धर्तीमा बत्ती निभेको छैन
बत्ती निभेर सुर्य उदाउँदा
काममा हाजिर हुनुपर्नेछ
बाटोमा जाँदाजाँदै
अलिकति घरमा कुरा गर्नु छ
घरमा प्लास्टिकको डब्बा छैन
डालाभरी सेल रोटी छन
अर्सा अनि मालबोक केरा
साझिएका छन
छोराछोरी नयाँ लुगामा सझिएका छन
मन्दिरमा देवी माताको पूजा हुँदैछ
पहेंला जमराले मन्दिरको
शोभा बढेको छ
देवी मातालाई भाकल गरेर
विदेश जान पाउँ भन्ने म
विदेशमा श्रमिकको अवस्था
विहाल र खुसी दुबै छ
परदेशी श्रमीकले घरमा
दुर्गा मातालाई सझाएको छ
परिवारलाई खुसी बनाएको छ
आफै जलेर भएपनि परदेशी श्रमिक
आफ्नो कर्ममा कर्तव्य निष्ट छ
परिस्थिति जस्तो भएपनि
परदेशबाट श्रम गर्न जाँदाजाँदै
के गर्नु?परदेशी श्रमिकलाई
दसैँ स्वदेश जाँदा मनाउला भन्दै
परिवारसँग फोनमा दसैँ मनाउनु परेको छ।
नारायण कोइराला
तानसेन,पाल्पा
हाल,कुवेत