Monday 12th October 2026

हुथी आक्रमणपछि रियाद विमानस्थल बन्द


यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि स्थगित गरेको छ। हालसम्म आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ।

साउदी सरकारले हुथी आक्रमणको कडा जवाफ दिने चेतावनी दिएको छ भने संयुक्त राष्ट्रसंघले थप सैन्य तनावले क्षेत्रीय संकट गहिरिने भन्दै संयमता अपनाउन आग्रह गरेको छ।

यसैबीच, यमनको ताइज शहरमा हुथीहरूले घेराबन्दी कडा बनाएका छन्, जहाँ पछिल्लो २४ घण्टामा ६० भन्दा बढी व्यक्तिको ज्यान गएको बताइएको छ। चीन, बेलायत, अमेरिका लगायतका देशहरूले पनि साउदीमाथिका आक्रमणको निन्दा गरेका छन्।

https://www.france24.com/en/middle-east/20261012-live-saudi-arabia-extends-suspension-of-operations-at-riyadh-airport-after-deadly-houthi-attacks


सम्बन्धित शीर्षकहरु

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्ड लाई अर्थतन्त्रमा बाह्य झट्काको असर कम गर्दै अर्थव्यवस्थालाई स्थिर राख्न सहयोग गर्ने…

प्रतिकृयाहरू
...