Saturday 10th October 2026

एकता सेवा सहयोगी समूहद्वारा सपना विश्वकर्मालाई रु. ६३ हजारभन्दा बढी आर्थिक सहयोग


एकता सेवा सहयोगी समूह (नेपाल) ले उपचाररत बालिका सपना विश्वकर्माको स्वास्थ्य उपचारका लागि रु. ६३ हजार ५८१ आर्थिक सहयोग प्रदान गरेको छ।
दुखकोशी गाउँपालिका निवासी ९ वर्षीया सपना विश्वकर्मा गम्भीर स्वास्थ्य समस्याबाट पीडित रहेकी छन्। उनको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको र उपचारका लागि आर्थिक सहयोग आवश्यक रहेको अवस्थामा समूहले मानवीय अभियान सञ्चालन गरी सहयोग रकम संकलन गरेको जनाएको छ।
समूहका अनुसार संकलित रु. ६३ हजार ५८१ रकम २०८३ असोज २३ गते (अक्टोबर ९, २०२६) सपना विश्वकर्माको उपचार सहयोगार्थ हस्तान्तरण गरिएको हो। समूहले सपनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग अभियानमा सहभागी सम्पूर्ण दाताप्रति आभार व्यक्त गरेको छ।
एकता सेवा सहयोगी समूह (नेपाल) ले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवालाई आफ्नो प्रमुख अभियानको रूपमा अघि बढाउँदै आएको उल्लेख गर्दै विपन्न, असहाय तथा उपचारको आवश्यकता भएका व्यक्तिहरूको सहयोगमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।
समूहले सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...