Saturday 10th October 2026

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित


नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको सभापतिमा गगनकुमार थापा बहुमतका साथ निर्वाचित भएका छन् ।

राष्ट्रिय सभागृहमा सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार थापा ६ हजार ५ सय ८४ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी श्यामकृष्ण खड्गीले ३ सय ७५ मत प्राप्त गरे । केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो । जसमध्ये ६ हजार ९ सय ५९ मत सदर भएको थियो भने ५४ मत बदर भएको छ ।

नेपाली कांग्रेसको विधान, २०१७ (एघारौं संशोधन सहित) तथा निर्वाचन निर्देशिका–२०८३ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी मतगणना सम्पन्न पश्चात् निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्का, सदस्य–सचिव राजु कटुवाल तथा सदस्य सुजन लोप्चनले मत परिणाम प्रमाणीकरण गर्दै थापा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् ।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...