पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
अधिकारीहरूले मानवीय क्षति हुन सक्ने र व्यापक भौतिक नोक्सानीको सम्भावना रहेको बताएका छन्। भूकम्पपछि केन्द्रविन्दु नजिकै धेरै परकम्प (आफ्टरशक) समेत महसुस गरिएको छ।
पनामाका राष्ट्रपति होसे राउल मुलिनोले नागरिकलाई शान्त रहन आग्रह गर्दै भूकम्पको प्रभावबारे जानकारी संकलन गर्न सरकारी निकायहरूलाई निर्देशन दिएका छन्।
यसैबीच, अमेरिकी सुनामी चेतावनी प्रणालीले पानामाका केही तटीय क्षेत्रमा १ देखि ३ मिटर उचाइसम्मका सुनामी छाल आउन सक्ने चेतावनी दिएको छ। इक्वेडर, चिली, कोलम्बिया, कोस्टारिका, एल साल्भाडोर, ग्वाटेमाला, होन्डुरस, मेक्सिको, निकारागुआ र पेरुमा पनि साना तरंगहरूको प्रभाव पर्न सक्ने जनाइएको छ।
यो यस वर्ष ल्याटिन अमेरिकामा गएको अर्को शक्तिशाली भूकम्प हो। यसअघि गर्मीयाममा भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पमा ६ हजार ४ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो भने कोलम्बियामा आएको अर्को भूकम्पमा करिब ३०० जनाको ज्यान गएको थियो।