Tuesday 24th November 2026

जेरुसेलमस्थित बेलायती कार्यालयबारे विवाद


पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ।

इजरायलले कन्सुल जनरलसहित २० जना बेलायती कूटनीतिज्ञले देश छोड्ने जनाएको छ। तर कार्यालय रहेको भवनमा सात जना कर्मचारी सीमित कामका साथ बस्न पाउनेछन्।

बेलायतले भने उक्त कार्यालय बन्द नहुने र अब “युके मिसन, जेरुसेलम” नामबाट सञ्चालन हुने स्पष्ट पारेको छ। बेलायती विदेशमन्त्री एड मिलिब्यान्डले केही कर्मचारीलाई सुरक्षाका कारण अस्थायी रूपमा फिर्ता बोलाइएको बताए।

यो विवाद बेलायतले पश्चिम किनारामा रहेका इजरायली बस्तीमाथि प्रतिबन्ध लगाएपछि सुरु भएको हो। इजरायलले त्यसको प्रतिक्रियास्वरूप वाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको थियो।

सन् १८३८ मा स्थापना भएको यो कार्यालयले जेरुसेलम, पश्चिम किनारा र गाजामा रहेका प्यालेस्टिनीहरूसँग बेलायतको सम्बन्ध सम्हाल्दै आएको छ।


सम्बन्धित शीर्षकहरु

नयाँदिल्ली, २३ नोभेम्बर। नेपाल र भारतबीच सुरक्षा, स्वास्थ्य, प्रविधि, शिक्षा, अनुसन्धान तथा कृषि क्षेत्रसहित आठवटा विषयमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर…

बेइजिङ, २३ नोभेम्बर। चीनले विकास गरेको नयाँ विद्युतीय यात्रुवाहक विमानले पहिलो पटक मानवसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ। चीनको…

तेहरान, २३ नोभेम्बर। अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्वकै महत्त्वपूर्ण समुद्री तेल आपूर्ति मार्ग होर्मुज जलडमरुमा तनाव थप चुलिएको…

प्रतिकृयाहरू
...