Thursday 8th October 2026

अमेरिकाले इरान युद्धमा ८१ सैनिक विमान गुमायो


अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट वा क्षतिग्रस्त भएका छन्।

सबैभन्दा बढी क्षति MQ-9 Reaper ड्रोनमा भएको छ। खुफिया सूचना संकलन, निगरानी तथा सैन्य अभियानमा प्रयोग हुने यी ड्रोनमध्ये ४५ वटा मध्यपूर्व क्षेत्रमा गुमाइएको बताइएको छ।

क्षतिग्रस्त वा नष्ट भएका विमानमा अमेरिकाका अत्याधुनिक F-35A लडाकु विमान र E-3 Sentry AWACS जस्ता महत्वपूर्ण सैन्य सम्पत्तिहरू पनि समावेश छन्।

प्रतिवेदन अनुसार, विमानहरूको क्षतिको लागत मात्र १.९ अर्बदेखि ३.३ अर्ब अमेरिकी डलर बीच रहेको अनुमान गरिएको छ। तर सम्पूर्ण युद्धको लागत भने ४५ अर्ब डलरभन्दा बढी पुगेको बताइएको छ। यसमा अमेरिकी सैन्य अड्डाहरूको पूर्वाधारमा भएको क्षति समावेश गरिएको छैन।


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...