Wednesday 7th October 2026

तीनकुने घटनामा तत्कालीन सुरक्षा नेतृत्वमाथि कारबाही सिफारिस


राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी र सशस्त्र प्रहरीका जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न सिफारिस गरेको छ।

आयोगले शान्ति सुरक्षा कायम गर्न र भीड नियन्त्रणका लागि आवश्यक तयारी तथा रणनीति प्रभावकारी नभएको निष्कर्ष निकालेको छ। साथै, प्रहरी गोलीबाट ज्यान गुमाएका सविन महर्जन र पत्रकार सुरेश रजकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरूलाई राहत उपलब्ध गराउन पनि सिफारिस गरेको छ।

प्रतिवेदनमा दुर्गा प्रसाईँको भूमिकामाथि समेत प्रश्न उठाउँदै अभिव्यक्तिको स्वतन्त्रताको दुरुपयोग रोक्न कानुनी व्यवस्था गर्न तथा सभा, जुलुस र प्रदर्शनका लागि निश्चित स्थान तोक्न सरकारलाई सुझाव दिइएको छ।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...