Tuesday 24th November 2026

रुसको भीषण हवाई आक्रमणमा २१ युक्रेनी नागरिकको मृत्यु


रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने करिब ६० जना घाइते भएका छन्। मृतकमध्ये चार बालबालिका रहेका छन्।

आक्रमणमा उत्तरी चेर्निहिभ क्षेत्रको एक आवासीय भवन ध्वस्त हुँदा १५ जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले नागरिक क्षेत्रमा जानाजानी आतंक फैलाउने उद्देश्यले आक्रमण गरेको आरोप लगाएका छन्।

रुसले भने क्षेप्यास्त्र र ड्रोन उत्पादन तथा भण्डारण केन्द्रहरूलाई लक्षित गरी ठूलो सैन्य कारबाही गरिएको दाबी गरेको छ। यसैबीच, युक्रेनले पनि रुसका तेल भण्डारण केन्द्रहरूमा प्रतिआक्रमण गरेको जनाएको छ।
https://www.france24.com/en/europe/20261007-at-least-two-killed-in-fire-caused-by-massive-strikes-on-kyiv


सम्बन्धित शीर्षकहरु

नयाँदिल्ली, २३ नोभेम्बर। नेपाल र भारतबीच सुरक्षा, स्वास्थ्य, प्रविधि, शिक्षा, अनुसन्धान तथा कृषि क्षेत्रसहित आठवटा विषयमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर…

बेइजिङ, २३ नोभेम्बर। चीनले विकास गरेको नयाँ विद्युतीय यात्रुवाहक विमानले पहिलो पटक मानवसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ। चीनको…

तेहरान, २३ नोभेम्बर। अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्वकै महत्त्वपूर्ण समुद्री तेल आपूर्ति मार्ग होर्मुज जलडमरुमा तनाव थप चुलिएको…

प्रतिकृयाहरू
...