Monday 5th October 2026

कंगोमा डुंगा दुर्घटना, कम्तीमा ३० जनाको मृत्यु


प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता भएका छन्।

आइतबार साँझ इक्वेटर प्रान्तस्थित कंगो नदीमा दुर्घटना भएको हो। एक डुंगा राजधानी किन्शासाबाट आउँदै थियो भने अर्को बुसिङ्गाबाट जाँदै थियो। दुर्घटनापछि एक डुंगा डुबेको र अधिकांश यात्रु नदीमा फसेका थिए।

उद्धार टोलीले बेपत्ता यात्रुको खोजी जारी राखेको छ। रातिको यात्रा, अत्यधिक यात्रु तथा मालसामान बोक्ने प्रवृत्तिलाई दुर्घटनाको मुख्य कारण मानिएको छ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...