Tuesday 12th August 2025

जापानी युवतीलार्इ जबर्जस्ती गरेको अारोपमा एक नेपाली युवक पक्राउ


तितोपाटी – यौनजन्य अपराध गरेको अभियोगमा एक नेपाली टोकियोबाट पक्राउ परेका छन् । टोकियोको ताइतो वार्डमा घर फर्किरहेकी २० बर्षिय एक जापानी युवतीलाई जबर्जस्ती यौन अपराध गरेको अभियोगमा शिब न्यौपाने नाम गरेका नेपाली बिद्यार्थी पक्राउ परेका हुन् ।

गत जुन महिनामा जेआर उगुइसुदानी स्टेशनबाट आफ्नो घर फर्किरहेकी उनलाई ‘होटेल तिर जाउँ’ भन्दा ति महिलाले बेवास्ता गरेपछि जबर्जस्ती चुम्बन गरेको र स्तन छुने जस्ता हर्कत गरेको अल निप्पोन न्यूजले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

टोकियो महानगर प्रहरीका अनुसार युवती प्रहरीकहाँ जान लागेपछि उनी भागेका थिए । प्रहरीका अनुसार २७ बर्षिय न्यौपाने अपराध गरेपछि लुकिछिपी बस्ने गरेको र सिसिटीभी क्यामेराको सहायताले उनलाई हाल पक्राउ गरिएको हो ।

उनले प्रहरी संगको बयानमा ‘रक्सीले मातेको बेला’ यस्तो अपराध गरेको स्वीकार गरेको समाचारमा उल्लेख छ । ।


सम्बन्धित शीर्षकहरु

सिन्धु सन्धिको बारेमा, असीम मुनिरले भने कि पाकिस्तानले भारतले बाँध निर्माण गर्न पर्खनेछ र जब यसले बनाउँछ, "हामी यसलाई १०…

गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विदेशी मिडियालाई बताएअनुसार इजरायलले गाजा शहर कब्जा गर्ने हालै स्वीकृत सैन्य योजनाको एक भागको रूपमा गाजा कब्जा…

प्रतिकृयाहरू
...