Monday 5th October 2026

फ्रान्समा विद्यार्थीको प्रदर्शन हिंसात्मक बन्दै


फ्रान्समा विद्यालयको अवस्था सुधार र शिक्षक अभावको विरोधमा भइरहेको विद्यार्थी प्रदर्शनका क्रममा १५ वर्षीय एक विद्यार्थी गम्भीर घाइते भएका छन्। उत्तरी सहर लेन्समा प्रहरी र प्रदर्शनकारीबीचको झडपका क्रममा उनको हात विस्फोट भएर छुट्टिएको बताइएको छ।

घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ। विद्यार्थीको ज्यान भने खतरामुक्त रहेको अधिकारीहरूले जनाएका छन्।

देशभर जारी प्रदर्शनका कारण सोमबार करिब ५०० विद्यालय आंशिक वा पूर्ण रूपमा बन्द भएका थिए। हालसम्म प्रदर्शनका क्रममा १९० भन्दा बढी विद्यार्थी घाइते भएका छन् भने ५ हजारभन्दा बढी मानिस पक्राउ परेका छन्, जसमध्ये अधिकांश नाबालिग छन्।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...