Tuesday 24th November 2026

चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई


सन् २०२६ को शरीर विज्ञान वा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कार्ल डाइसरोथ, पिटर हेगेमान र जर्ज नागेललाई संयुक्त रूपमा प्रदान गरिएको छ। उनीहरूले मस्तिष्कका कोषहरूको कार्य बुझ्न र नियन्त्रण गर्न सहयोग गर्ने ‘अप्टोजेनेटिक्स’ प्रविधिको विकासमा महत्वपूर्ण योगदान दिएका हुन्।

यो प्रविधिले प्रकाशको प्रयोगमार्फत मस्तिष्कका विशेष स्नायु कोषहरूलाई सक्रिय वा निष्क्रिय बनाउन सक्ने भएकाले स्मृति, भावना र व्यवहारसँग सम्बन्धित तन्त्रहरू अध्ययन गर्न सहज भएको छ। यसले अल्जाइमर, पार्किन्सन, डिप्रेसन तथा अन्य स्नायु र मानसिक रोगको उपचार अनुसन्धानमा नयाँ सम्भावना खोलेको नोबेल समितिले जनाएको छ।

तीनै वैज्ञानिकले १२ मिलियन स्विडिस क्रोना (करिब १२ लाख अमेरिकी डलर) बराबरको पुरस्कार रकम बराबरी रूपमा बाँड्नेछन्।


सम्बन्धित शीर्षकहरु

नयाँदिल्ली, २३ नोभेम्बर। नेपाल र भारतबीच सुरक्षा, स्वास्थ्य, प्रविधि, शिक्षा, अनुसन्धान तथा कृषि क्षेत्रसहित आठवटा विषयमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर…

बेइजिङ, २३ नोभेम्बर। चीनले विकास गरेको नयाँ विद्युतीय यात्रुवाहक विमानले पहिलो पटक मानवसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ। चीनको…

तेहरान, २३ नोभेम्बर। अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्वकै महत्त्वपूर्ण समुद्री तेल आपूर्ति मार्ग होर्मुज जलडमरुमा तनाव थप चुलिएको…

प्रतिकृयाहरू
...