सरकारले भोटेकोसी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक अवस्थाबाहेक खोज तथा उद्धार कार्य हाललाई स्थगन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्रीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठकले खोज तथा उद्धारको चरण समाप्त गर्दै अब पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
बैठकले प्रभावित क्षेत्रका लागि प्रस्तावित ५०४ योजना तथा कार्यक्रम कार्यान्वयन गर्न ५ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्रीले विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको उल्लेख गर्दै पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि सोही ढंगले अघि बढाइने बताएका छन्।