Tuesday 27th October 2026

दशैंमा १५ लाख मानिस काठमाडौंबाट बाहिरिने अनुमान


दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक सवारी साधन प्रयोग गर्नेछन्, जसले सडक र यातायात व्यवस्थापनमा ठूलो दबाब पर्ने देखिएको छ।

प्रतिवेदनअनुसार फूलपातीदेखि अष्टमीसम्मको समय सबैभन्दा व्यस्त हुनेछ। यस अवधिमा मात्रै २ देखि ३ लाख मानिस काठमाडौंबाट बाहिरिने अनुमान छ।

नागढुंगा नाका सबैभन्दा बढी चाप पर्ने स्थानका रूपमा चिनिएको छ। यात्रुहरूलाई टिकट पाउन समस्या, बढी भाडा असुली तथा ट्राफिक जामको जोखिम पनि रहेको बताइएको छ।

हालैका बाढी र पहिरोका कारण बीपी राजमार्ग, पृथ्वी राजमार्ग लगायतका सडकमा क्षति पुगेकाले यात्राको सुरक्षाबारे पनि चिन्ता बढेको छ। त्यसलाई ध्यानमा राख्दै सडक मर्मत र आपतकालीन उद्धारका लागि आवश्यक उपकरण तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

मध्यपूर्व क्षेत्रमा अमेरिका र इरानबीचको तनाव फेरि बढेको संकेत देखिएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति Donald…

प्रतिकृयाहरू
...