Monday 5th October 2026

दशैंमा १५ लाख मानिस काठमाडौंबाट बाहिरिने अनुमान


दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक सवारी साधन प्रयोग गर्नेछन्, जसले सडक र यातायात व्यवस्थापनमा ठूलो दबाब पर्ने देखिएको छ।

प्रतिवेदनअनुसार फूलपातीदेखि अष्टमीसम्मको समय सबैभन्दा व्यस्त हुनेछ। यस अवधिमा मात्रै २ देखि ३ लाख मानिस काठमाडौंबाट बाहिरिने अनुमान छ।

नागढुंगा नाका सबैभन्दा बढी चाप पर्ने स्थानका रूपमा चिनिएको छ। यात्रुहरूलाई टिकट पाउन समस्या, बढी भाडा असुली तथा ट्राफिक जामको जोखिम पनि रहेको बताइएको छ।

हालैका बाढी र पहिरोका कारण बीपी राजमार्ग, पृथ्वी राजमार्ग लगायतका सडकमा क्षति पुगेकाले यात्राको सुरक्षाबारे पनि चिन्ता बढेको छ। त्यसलाई ध्यानमा राख्दै सडक मर्मत र आपतकालीन उद्धारका लागि आवश्यक उपकरण तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...