Sunday 25th October 2026

मधेश प्रदेशमा २ महिनामा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु


चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मधेश प्रदेशमा ४५९ वटा विपद्का घटना भएका छन्। यी घटनामा ९२ जनाको ज्यान गएको र ५१० परिवार प्रभावित भएका छन्।

सबैभन्दा बढी ३९ जनाको मृत्यु करेन्ट लागेर भएको छ। त्यसपछि डुबेर २९ जनाले ज्यान गुमाएका छन्। वन्यजन्तुको आक्रमण, चट्याङ र आगलागीबाट पनि मानिसहरूको मृत्यु भएको छ।

यस अवधिमा प्रदेशमा ११२ आगलागी, १०७ करेन्ट लाग्ने, ३७ डुबान, ३२ वन्यजन्तु आक्रमण, १२ बाढी र १० चट्याङका घटना भएका छन्। विपद्का कारण करिब २ करोड ९२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

प्रहरीले आगलागी र करेन्ट लाग्ने घटना रोक्न जनचेतना बढाउन आवश्यक रहेको जनाएको छ। मनसुनका बेला पोखरी र पानी जमेको स्थानमा डुबेर मृत्यु हुने घटना बढेको भन्दै बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

विपद् उद्धार र राहतका लागि मधेशका आठवटै जिल्लामा २ हजार ८६९ प्रहरी परिचालन गरिएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

युक्रेनका राष्ट्रपति Volodymyr Zelenskyy ले देशका विभिन्न क्षेत्रमा इन्टरनेट सेवाको गति अपेक्षित स्तरमा पुगेको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्स…

प्रतिकृयाहरू
...