Sunday 4th October 2026

भारतमा निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै लगातार प्रदर्शन


भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन गरेका छन्। प्रदर्शनहरू मुम्बई र नयाँ दिल्लीसहितका शहरमा जारी छन्।

प्रदर्शनकारीहरूले निर्वाचन सूची पुनरावलोकनका क्रममा लाखौं मतदाताको नाम हटाइएको आरोप लगाएका छन्। उनीहरूका अनुसार यसले धेरै नागरिकलाई मतदान अधिकारबाट वञ्चित गर्ने र सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुग्ने सम्भावना छ। तर निर्वाचन आयोग र भाजपाले यी आरोप अस्वीकार गरेका छन्।

मुम्बईमा विपक्षी नेता राज ठाकरे र उद्धव ठाकरे को नेतृत्वमा ठूलो र्‍याली निकालिएको थियो। प्रदर्शनकारीहरूले राष्ट्रिय झन्डा बोकेर निष्पक्ष र स्वतन्त्र निर्वाचनको माग गरेका थिए।

नयाँ दिल्लीमा पनि प्रदर्शन जारी छ। प्रदर्शन रोक्न प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। केहीलाई पछि रिहा गरिए पनि सार्वजनिक भेला सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा मुद्दा दर्ता गरिएको बताइएको छ।

निर्वाचन आयोगले भने मतदाता सूचीबाट दोहोरो, मृत्यु भइसकेका वा अयोग्य व्यक्तिका नाम हटाएर निर्वाचन प्रक्रिया स्वच्छ बनाउने उद्देश्यले सूची अद्यावधिक गरिएको जनाएको छ। आयोगले छुटेका योग्य मतदाताको नाम पुनः दर्ता गर्न पनि अधिकारीहरूलाई निर्देशन दिएको छ।

विपक्षी दलहरूले आन्दोलन अझ सशक्त बनाउने चेतावनी दिएका छन्। आउँदो दिनमा थप प्रदर्शन तथा निर्वाचन आयोग कार्यालयसम्म मार्च गर्ने कार्यक्रम घोषणा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...