Sunday 4th October 2026

हुथी विद्रोहीले कव्जा गरेका भू-भाग फिर्ता यमनमा सरकारी सैन्य अभियान


यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।

राष्ट्रपति परिषद्का प्रमुख राशाद अल-अलिमीले सेना र सुरक्षा निकायलाई हुथी विद्रोहीबाट देशलाई मुक्त गराउने उद्देश्यसहित कारबाही अघि बढाउन निर्देशन दिएका छन्।

हालै हुथीहरूले रातो सागर किनारका महत्वपूर्ण क्षेत्रहरू आफ्नो नियन्त्रणमा लिएपछि यमनको गृहयुद्ध थप चर्किएको छ। विद्रोहीहरूले ताइज शहरतर्फ जाने मुख्य आपूर्ति मार्ग पनि नियन्त्रणमा लिएका कारण सरकारी सेनामाथि दबाब बढेको छ।

यता साउदी अरबले पनि हुथी लक्ष्यमा हवाई आक्रमण जारी राखेको छ। सन् २०१४ देखि जारी यमनको द्वन्द्वले देशलाई गम्भीर मानवीय संकटमा धकेलेको छ र लाखौं मानिस प्रभावित भएका छन्।

हुथी विद्रोहीहरूले सन् २०१४ देखि राजधानी साना र देशका धेरै क्षेत्र नियन्त्रणमा राखेका छन्। हालै उनीहरूले रातो सागरको महत्वपूर्ण बाब अल-मन्देब जलमार्गसमेत आफ्नो कब्जामा लिएपछि संघर्ष थप चर्किएको छ।

यसैबीच, हुथीहरूले साउदी अरबका तेल संरचनामा ड्रोन र मिसाइल आक्रमण गरेको दाबी गरेका छन्। साउदी अरबले भने यसको पुष्टि गरेको छैन।

युद्धका कारण यमनमा मानवीय संकट गहिरिँदै गएको छ। हजारौँ मानिस विस्थापित भएका छन् भने धेरै परिवार खाद्यान्न अभावको सामना गरिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...