Tuesday 24th November 2026

जापानमा अमेरिकी सैनिक हत्या आरोपमा पक्राउ


जापानको ओकिनावा टापुस्थित एक होटलमा एक महिलाको हत्या भएको आशंकामा २० वर्षीय अमेरिकी मरीन सैनिकलाई प्रहरीले पक्राउ गरेको छ।

३९ वर्षीया महिलाको शव शनिबार बिहान होटलको कोठामा फेला परेको थियो। प्रहरीका अनुसार उनको हत्या भएको देखिन्छ। होटलको सीसीटीभी फुटेजमा ती महिला एक विदेशी पुरुषसँग कोठामा प्रवेश गरेको र पछि ती पुरुष महिलाका सामान लिएर बाहिर निस्किएको देखिएको छ।

घटनापछि जापान सरकारले अमेरिकी राजदूतलाई बोलाएर कडा विरोध जनाएको छ। जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले घटनालाई “अत्यन्त क्रूर र जघन्य” भन्दै अमेरिकासँग कडा विरोध जनाएकी छन्। साथै घटनाको पूर्ण अनुसन्धान र भविष्यमा यस्ता घटना दोहोरिन नदिन कदम चाल्न आग्रह गरेकी छन्।

अमेरिकी मरीन कोरले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै जापानी अधिकारीहरूसँग अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ।

ओकिनावामा अमेरिकी सैनिकको उपस्थितिलाई लिएर यसअघि पनि स्थानीय बासिन्दाबीच असन्तुष्टि देखिँदै आएको छ।


सम्बन्धित शीर्षकहरु

नयाँदिल्ली, २३ नोभेम्बर। नेपाल र भारतबीच सुरक्षा, स्वास्थ्य, प्रविधि, शिक्षा, अनुसन्धान तथा कृषि क्षेत्रसहित आठवटा विषयमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर…

बेइजिङ, २३ नोभेम्बर। चीनले विकास गरेको नयाँ विद्युतीय यात्रुवाहक विमानले पहिलो पटक मानवसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ। चीनको…

तेहरान, २३ नोभेम्बर। अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्वकै महत्त्वपूर्ण समुद्री तेल आपूर्ति मार्ग होर्मुज जलडमरुमा तनाव थप चुलिएको…

प्रतिकृयाहरू
...