अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट आउने सम्भावित सैन्य खतरालाई सामना गर्न सहयोगी हुने बताइएको छ।
यी विमानहरू ८ अर्ब अमेरिकी डलरको सम्झौताअन्तर्गत आपूर्ति गरिएका हुन्। चीनले ताइवानलाई हतियार नदिन अमेरिकासँग बारम्बार आग्रह गरे पनि विमान हस्तान्तरण गरिएको हो।
ताइवानले चीनबाट बढ्दो सैन्य दबाब महसुस गरिरहेको छ। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा दाबी गर्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र रूपमा शासित लोकतान्त्रिक क्षेत्र मान्छ।
ताइवानका रक्षा मन्त्री वेलिङ्टन कूले वर्षको अन्त्यसम्म थप एफ–१६भी विमानहरू प्राप्त हुने बताएका छन्।