रुसले युक्रेनको राजधानी कीभमा ड्रोन र मिसाइल आक्रमण तीव्र पारेपछि कम्तीमा एक जनाको मृत्यु भएको छ। आक्रमणका कारण सहरको महत्वपूर्ण ‘साउदर्न ब्रिज’ क्षतिग्रस्त भएपछि यातायात अवरुद्ध भएको छ।
कीभका मेयर भिटाली क्लिट्स्कोले रुसले राजधानीलाई “टुक्राटुक्रा पार्ने” प्रयास गरिरहेको बताएका छन्। आक्रमणले विद्युत् पूर्वाधार, आवासीय भवन र अन्य महत्वपूर्ण संरचनामा पनि क्षति पुगेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले एकै रात १०० भन्दा बढी ड्रोन प्रहार गरेको आरोप लगाएका छन्। यता, युक्रेनले पनि रुसका तेल भण्डारण केन्द्रहरूमा आक्रमण गरेको जनाएको छ।
युद्ध जारी रहँदा संयुक्त राष्ट्रसंघ र युरोपेली संघले सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्।