Tuesday 24th November 2026

दक्षिण अफ्रिकामा गोलीकाण्ड बढ्दो, एक सातामै ४६ जनाको मृत्यु


दक्षिण अफ्रिकामा एक साताभित्र भएका पाँच वटा गोलीकाण्डमा कम्तीमा ४६ जनाको मृत्यु भएपछि देशमा बढ्दो बन्दुक हिंसाप्रति चिन्ता बढेको छ।

पछिल्लो घटनामा जोहानेसबर्ग नजिकैको एक मदिरालयमा बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा १८ जनाको ज्यान गएको थियो। त्यही रात केपटाउन नजिक अर्को आक्रमणमा १० जना मारिएका थिए।

विज्ञहरूका अनुसार संगठित अपराध, अवैध खानी उत्खनन, गिरोहबीचको प्रतिस्पर्धा तथा अवैध हतियारको सहज उपलब्धताका कारण यस्ता सामूहिक हत्या बढिरहेका छन्।

यस वर्षको सेप्टेम्बरसम्म कम्तीमा ४५ वटा सामूहिक हत्या भएको र २१० जनाभन्दा बढीको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ।

सरकारले अवैध हतियार नियन्त्रण र संगठित अपराधविरुद्ध कारबाही बढाएको बताए पनि हिंसा रोक्न अझै चुनौती रहेको छ।


सम्बन्धित शीर्षकहरु

नयाँदिल्ली, २३ नोभेम्बर। नेपाल र भारतबीच सुरक्षा, स्वास्थ्य, प्रविधि, शिक्षा, अनुसन्धान तथा कृषि क्षेत्रसहित आठवटा विषयमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर…

बेइजिङ, २३ नोभेम्बर। चीनले विकास गरेको नयाँ विद्युतीय यात्रुवाहक विमानले पहिलो पटक मानवसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ। चीनको…

तेहरान, २३ नोभेम्बर। अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्वकै महत्त्वपूर्ण समुद्री तेल आपूर्ति मार्ग होर्मुज जलडमरुमा तनाव थप चुलिएको…

प्रतिकृयाहरू
...