Friday 2nd October 2026

इरानमाथि दबाब बढाउन अमेरिका थप सैनिक शक्ति पठाउँदै


अमेरिकाले इरान नजिकको क्षेत्रमा अर्को युद्धपोत, हजारौं सैनिक र लडाकु विमान पठाउने निर्णय गरेको छ। यससँगै त्यस क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति अझ बलियो हुने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे इरानविरुद्ध थप सैन्य कारबाही गर्न सकिने संकेत दिएका छन्। हाल मध्यपूर्व क्षेत्रमा करिब ५० हजार अमेरिकी सैनिक तैनाथ छन्।

यता, इरानले युद्ध रोक्न र आणविक वार्ता पुनः सुरु गर्न प्रस्ताव राखेको छ। तर अमेरिका र इरानबीच प्रतिबन्ध हटाउने तथा अन्य विषयमा सहमति हुन सकेको छैन।

आठ महिनादेखि जारी तनावबीच दुवै देशले एकातिर सैन्य तयारी बढाइरहेका छन् भने अर्कोतर्फ कूटनीतिक वार्ता पनि जारी राखेका छन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इरान नजिकको क्षेत्रमा अर्को युद्धपोत, हजारौं सैनिक र लडाकु विमान पठाउने निर्णय गरेको छ। यससँगै त्यस क्षेत्रमा अमेरिकी सैन्य…

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

प्रतिकृयाहरू
...